धरान : तेस्रो सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिताको आइतबार भएको लिग चरणको खेलमा धरान-५ ले धरान-८ लाई ३-१ गोलको अन्तरले पराजित गरेको छ ।

निर्धारित ८० मिनेटको खेलमा धरान-५ का मन्दीप राईले १ गोल, तिल विक्रम लावतीले १ गोल, मिजास लिम्बुले १ गोल गरे । धरान-८ का प्राजिन राईले १ गोल गरे ।

खेलको म्यान अफ दि म्याच धरान-५ मिजस लिम्बु घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिमसँग अन्य वडाको कुल १५ खेल लिग चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ ।

सुवास राई स्मृति सुपर-८ मा धरान १३, १४, १८, ५, ६, ८, ११ र १७ ले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

भोली सोमबार धरान-१७ र धरान-६ बिच प्रतिस्पर्धा हुनेछ ।

भोली नै  तेस्रो हाम्रो धरान भेट्रान फुटबल कप प्रतियोगिताको उद्घाटन खेल पनि हुने भएको छ । उद्घाटन खेल मिल्स भेट्रान क्लब र दुहबी भेट्रान क्लब बिच हुने आयोजक हाम्रो धरान भेट्रान फुटबल क्लबले जनाएको छ ।