धरान : चतरामा महाकुम्भको भिड चलिरहेको बेला लागुऔषध दुर्व्यसनहरूले मौकाको फायदा उठाउने गरेका छन् ।

तीर्थयात्रीहरूको आवतजावत बिच आइतबार साँझ ५ बजे चतराबाट मोटरसाइकल चढेर उदयपुर तर्फ लागुऔष लिएर गईरहका २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोटरसाइकल चालक उदयपुरको चौदण्डी-३ का ३५ वर्षीय सुजिल राई र पछाडि बस्ने बेलका-५ का २८ वर्षीय मिलन राई छन् ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय चतराको कोशी पुलमा खटिएका प्रहरीले पक्राउ गरेको हो । चतराबाट उदयपुर जाँदै गरेको को ३२ प ७६२१ मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा लागुऔषध बरामद भएको थियो ।

लागुऔषध ट्रामाडोल २४० पिस, स्पाइस २० पिस, डिकोलिक २०० पिस सहित मोटरसाइकल नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।

यसैगरी आइतबार दिउँसो ४ बजे इलाका प्रहरी कार्यालय खोटाङको प्रहरी टोलीले दिक्तेल सडक खण्डमा खोटेहाङ गाउँपालिका-७ का २८ वर्षीय विपक राई र २७ वर्षीय मदन विश्वकर्मालाई लागुऔषध सहित पक्राउ गरेको छ ।

बाग्मती ८६ प ८८४० नम्बरको मोटरसाइकलमा आउँदै गरेको उनीहरूलाई रोकेर चेकजाँच गर्दा स्पासरेस्ट २५६ ट्याब्लेट, ट्रामा हाईट्रो कोलोरी २४६ ट्याब्लेट र  लागुऔषध गाँजा २५० ग्राम सहित नियन्त्रणमा लिइएको हो ।