धरान : माओवादी केन्द्र निकट ट्रेड युनियन महासङ्घ धरान समितिले हिजो मङ्गलवार रक्तदान कार्यक्रम आयोजना गरी कुल ३७ पिन्ट रगत सङ्कलन गरेको छ ।

अखिल नेपाल ट्रेड युनियन महासङ्घको १३५ औँ मजदुर दिवसको अवसरमा रक्तदान गरिएको हो । कार्यक्रममा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघा प्रमुख अतिथि थिए ।

रक्तदानमा महासङ्घ कोशी प्रदेश अध्यक्ष टिका प्रसाईँ, सुनसरी इन्चार्ज राजन काफले, नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङबो मुकेश, धरान इन्चार्ज चोत्लुङ, नगर अध्यक्ष मनोज भट्टराई लगायतको उपस्थिति थियो ।