इटहरी : बालबालिकालाई ट्राफिक सचेतना जगाउँदै सभ्य समाज निर्माण गर्न इटहरी जेसिजले ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जेठ २० गतेदेखि सुरु भएको जेसिज सप्ताह अन्तरगत मङ्गलवार विद्यार्थीलाई ट्राफिक नियमबारे सचेत गराइएको हो ।

इटहरीको जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्राफिक सचेतना तथा सडक अनुशासन बारे छलफल भएको कार्यक्रम संयोजक नीरजबाबु भट्टराईले बताए । बालबालिकालाई ट्राफिक नियमको बारेमा सचेत गराएपछि भोलीको पुस्ता सभ्य र सुसंस्कृत हुने उनको भनाइ छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेलले विद्यार्थीलाई ट्राफिक सचेतनाबारे जानकारी गराएका हुन् । सप्ताहव्यापी कार्यक्रमकै क्रममा विश्व वातावरण दिवसको अवसरमा इटहरी जेसिजले बुधवार जनता बहुमुखी क्याम्पसको प्राङ्गणमा वृक्षारोपण गरेको छ ।

जेसीजले व्यक्तिगत क्षमता विकाशका निमित्त विभिन्न किसिमका कार्यक्रम गरिरहेको र शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरूमा गतिविधि बढाएको महासचिव मिसन पराजुलीले बताए । उनका अनुसार रचनात्मक र सृजनात्मक क्षेत्रमा क्रियाशील संस्था जेसिजले समाजलाई सभ्य र अनुशासित बनाउने अभियानमा काम गरिरहेको छ ।

Jaycees traffic niyam news 2