सुनसरी : सप्तकोशी नदीको जल सतह बढ्दै गएको छ ।

आज बिहान ९ बजेसम्म कोशी ब्यारेजमा तीन लाख ५० हजार क्युसेक पानी मापन गरिएको सप्तकोशी जल मापन केन्द्रले जानकारी दिएको छ ।

केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् ।

सप्तकोशी जल मापन केन्द्रमा जल सतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध पनि गरेको छ ।