धरान : धरान स्थित मेघा हिमालयन कलेजमा सञ्चालित स्विस कन्ट्याक्ट प्रोग्रामको शिक्षण कार्यक्रम हस्पिटालिटी म्यानेजमेन्ट तालिम आज आइतबार देखी सुरु भएको छ ।
धरान-१२ चतरालाईन स्थित कलेजको भवनमा सुरु भएको तालिममा नेदरल्यान्डबाट आएका सिनियर हस्पिटालिटी एक्सपर्ट मार्क थोमस केरनले सहजीकरण गरिरहेको कलेजका होटेल म्यानेजमेन्ट एचएम विभागीय प्रमुख पोषण श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सिनियर एक्सपर्ट कन्ट्याक्ट प्रोग्राम अन्तर्गत हरेक वर्ष कलेजका होटेल म्यानेजमेन्ट पढाउने शिक्षक र एचएमका विद्यार्थीहरूलाई होटेल म्यानेजमेन्ट र होस्पिटालिटी म्यानेजमेन्ट सम्बन्धी तालिम प्रदान गरिँदै आएको छ ।
कलेजका प्रिन्सिपल भास्कर पौड्यालले कलेजका अभिभावक र धरानका विभिन्न होटेल व्यवसायीलाई समेत तालिममा सहभागी गराइएको बताए ।
तालिमबाट स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन होटेल व्यवसायलाई सहयोग पुग्ने सहजकर्ता केरनले बताए । केरनसंग हस्पिटालिटी इन्ड्रस्ट्रीजमा २५ वर्षको अनुभव छ । उनले विश्वका ४९ देशहरूमा तालिम दिइसकेका छन् ।