धरान : प्रधानमन्त्री पुष्पकमल दाहाल संसदीय प्रक्रिया अनुसार आज शुक्रवार भएको मतदानमा अल्पमतमा परेपछि सरकार ढलेको छ । 

प्रतिनिधि सभा बैठकमा उपस्थित २५८ संसद् मध्ये प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा, नेकपा एसका ६३ सांसदले मतदान गरे ।

विपक्षमा काँग्रेस, एमाले, राप्रपा सहितको १९४ सांसदले मतदान गरे । मत दिन्न भन्नेमा १ मत पर्यो । प्रतिनिधी सभामा कुल २७५ सदस्य रहेको छन् । संसदमा दुई तिहाइ पुग्न १८४ मतको आवश्यक पर्छ ।

नेकपा एमाले सहित गठबन्धनको समर्थनमा पुष्पकमल दाहाल तेस्रो पटक २०७९ पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । गठबन्धन फेरिएकोले १९ महिना पछि उनको सरकार ढलेको हो ।