वराहक्षेत्र : आज आइतबार दिउँसो करिब १ बजेको समयमा वराहक्षेत्र वडा नं. ६ स्थित बोराबाद क्षेत्र नजिक सप्तकोशी नदीमा बेपता भएकी वडा नं ३ इक्राई घर भएकी १५ वर्षीय मनीषा नेपालीको खोजी कार्य भइरहेको छ।

नगर प्रमुख रमेश कार्कीको अगुवाइ जारी खोजी कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयहरू लागि परेका छन् ।

नगरपालिकाको र सशस्त्र प्रहरीको पानी बोटसँगै सशस्त्र प्रहरीको गोदा खोर टोलीको साहयतामा खोजी कार्य भइरहेको छ ।

कोशी नदिमा बेपत्ता भएकी मनीषा साथीहरूसँग कोशी घुम्न गएकी थिइन् । कोसीको छालमा खेल्ने क्रममा मनीषालाई कोशीले बगाएको उनीसँगै गएकी साथीहरू बताएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राईले बताए ।

खोजी कार्यमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक विकास राई सहितको टोली, सशस्त्र प्रहरी बल बेस क्याम्प चतराका प्रमुख सशस्त्र प्रहरी निरीक्षक शङ्कर कुमार कोइराला सहित टोली, सशस्त्र प्रहरी बल पकलीको खोज तथा उद्धार टोली, नगर प्रहरीको टोली, स्थानीय र परिवारहरू लागि परेका छन् ।