धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सँग विवादमा मुछिएकी सञ्चारकर्मी सञ्जिता धमलालाई आक्रमण गर्ने ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न गएकी धमलामाथि हमलामा संलग्नहरूलाई सुनसरी प्रहरीले सार्वजनिक गरेको हो ।अभद्र व्यवहार सम्बन्धी कसुरमा पक्राउ गरिएका ७ जनालाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले बताए । 

उनका अनुसार धरान-१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान-१९ की ३४ वर्षीय मुना राई, धरान-१७ की ५६ वर्षीय प्रमीला राई, धरान-११ की ४५ वर्षीय शर्मिला राई,  धरान-१ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान-१७ की ४० वर्षीय पूर्ण बान्तवा राई र ३५ वर्षीय सिर्जना बेघालाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ ।

घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको भण्डारीले जानकारी दिए ।