इटहरी : नेपाली काँग्रेस सुनसरीले अहिलेको सङ्घीय सरकार गठन गर्दा समावेशितालाई ध्यान नदिएकाले गर्दा आगामी दिनमा सचेत बन्न आग्रह गरेको छ ।

नयाँ सरकारमा मन्त्री पठाउँदा समावेशितालाई ध्यान नदिएकाले गर्दा आगामी दिनमा सचेत हुन जिल्ला कार्यसमितिको बैठकले माग गरेको हो ।

बैठकपछि काँग्रेस जिल्ला सचिवद्वय वीरेन्द्र साह र माधव घिसिङद्वारा जारी विज्ञप्तिमा आगामी साउन ७ गतेदेखि साउन २१ गते सम्म पार्टीको प्रारम्भिक तह जिल्लाभरका सम्पूर्ण वडाको वडा सम्मेलन गरिने निर्णय गरेको छ ।

साउन २२ गतेदेखि ३१ गतेसम्म पालिका सम्मेलन गर्नुपर्ने, भदौ १ गतेदेखि ८ गतेसम्म प्रदेशसभा सम्मेलन गर्नुपर्ने र भदौ ९ गतेदेखि १५ गतेसम्म क्षेत्रीय सम्मेलन सक्नका लागि क्षत्रिय समिति, नगर, गाउँपालिका समितिलाई परिपत्र गरिएको जनाएको छ ।