धरान : घरबाट बिजुलीको तार जोडेर नजिकैको खोल्सीमा करेन्ट लगाएर माछा मार्दा आफैलाई करेन्ट लागेर आज सोमवार दिउँसो दमकमा एक युवकको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार मृत्यु हुनेमा दमक-३ धिमाल टोलका १९ वर्षीय मौसम राई हुन ।

इलाम घर भई हाल दमकमा बस्दै आएका राई नजिकै खोल्सीमा घरबाट बिजुलीको तार जोडी करेन्ट लगाई माछा मार्ने हुँदा करेन्ट लागेर घाइते भएका थिए ।

उनको दमक आम्दा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।