इटहरी : इटहरीमा मोबाइल मर्मत र एक्सचेन्जमा विश्वास आर्जन गरेको हेल्लो मोबाइल सेन्टरले नयाँ अफर ल्याएको छ । गोर्खा गल्लीमा रहेको हेल्लो मोबाइलले पुरानो जुनसुकै ब्राण्डका मोबाइल लिएर आए पनि आफूले रोजेको ब्राण्ड लैजान पाउने व्यवस्था गरेको हो ।

किस्तामा आइफोन उपलब्ध गराउने योजना ल्याएको हेल्लो मोबाइलले बिग्रिएका पुराना फोनलाई अत्याधुनिक प्रविधिबाट मर्मत गर्ने गरेको छ । पछिल्लो समय केही महिना चलाएर मोबाइल फोन चेन्ज गर्ने ग्राहकको इच्छा अनुसारको अफर ल्याएको सञ्चालक बलराम बस्नेत बताउँछन् । उनका अनुसार विभिन्न मोबाइल ब्राण्डका फोनहरू चलाएर आइफोन लगायत ब्राण्ड किन्न चाहाना गर्नेहरूको लागि यो अफर सार्वजनिक गरिएको हो ।

एक दशक देखि इटहरीमा स्थापित हेल्लो मोबाइलले इटहरी, धरान, बेलबारी, रामधुनी लगायत क्षेत्रका सेवाग्राहीको विश्वास आर्जन गरिसकेको छ । टाढाबाट आएका सेवाग्राहीलाई सुलभ र चाँडो सेवा दिने उद्देश्य राखिएको सञ्चालक बस्नेत बताउँछन् ।

बलराम र उनका भाइ किशोर बस्नेतको लामो समयको मेहनत पछि हेल्लो मोबाइल स्थापित भएको छ । अत्याधुनिक ल्याब र उच्च प्रविधि प्रयोग गरेर मोबाइल मर्मतको व्यवस्था मिलाइएको किशोर बताउँछन् । मोबाइल एक्सचेन्ज अफर मार्फत आइफोन लगायत सम्पूर्ण कम्पनीका फोनहरू साट्न सकिने उनको भनाइ छ ।

hello-mobile-2