धरान : खेतमा पानी पटाउन विद्युतीय मोटरबाट ट्युवबेल चलाउँदा अचानक विद्युत् सर्ट भई करेन्टले श्रीमान् श्रीमतीको हिजो बुधवार बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको बुढिगंगा-५ मा खेतीपाती गर्दै आएका भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी श्रीमती ७२ बर्षीया कुमा देवी मण्डल रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

उनीहरू कोठा भाडामा लिई  खेतीपाती गर्दै आएका थिए । दुवै खेतीपातीमा काम गर्ने भएकाले दम्पत्तीनै खेतमा पानी लगाउन संलग्न थिए । मोटर जडान गरी ट्युवेल चलाउने क्रममा बिधुत सर्ट भई करेन्ट लाग्दा दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोलीले घटनास्थलबाट प्रक्रिया पुरागरी शव पोष्टमार्टमको लागी कोशी अस्पताल पठाएर थप अनुसन्धान गरिरहेको छ ।