धरान : डिपो स्कुल बास्केटबल कोर्टमा जारी तेस्रो अन्तर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो रनिङ्ग कप बास्केटबलको शनिवार सम्पन्न खेलबाट लोटस विद्या मन्दिर, सियोन स्कुल, दिल्ली पब्लिक र प्रभात वोडिङ्ग स्कुल सेमिफाइनल प्रवेश गरेका छन् ।

क्वाटर फाइनलको पहिलो खेलमा लोटस विद्या मन्दिरले सुनाखरी स्कुललाई २५-१४, दोस्रो खेलमा सियोन स्कुलले विष्णु मेमोरियललाई ४१-१६, तेस्रो खेलमा दिल्ली पब्लिक स्कुलले समिट स्कुललाई ४४-२७ र चौथो खेलमा प्रभात स्कुलले हिमशिखर स्कुल तरहरालाई २६-२१ अङ्कको अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन ।

पहिलो खेलमा लोटस र सुनाखरी स्कुलले प्रत्येक क्वाटरमा ३-०, ४-०, ९-६ र ९-८ अङ्क जोडे । दोस्रो खेलमा सियोन र विष्णु स्कुलले प्रत्येक क्वाटरमा १०-६, १०-४, १२-० र ९-६ अङ्क जोडेका थिए ।

तेस्रो खेलमा दिल्ली पब्लिक र समिट स्कुलले प्रत्येक क्वाटरमा ८-६, १६-३, ७-९ र १३-९ अङ्क जोडेका थिए । चौथो खेलमा प्रभात स्कुल र हिमशिखर तरहराले प्रत्येक क्वाटरमा ६-१३, १३-३, ४-० र ३-६ अङ्क जोड्दै सेमिफाइनल प्रवेश गरेका छन् ।

आइतबार हुने पहिलो सेमिफाइनल खेलमा लोटस विद्या मन्दिरले सियोन स्कुल र दोस्रो सेमिफाइनल खेलमा दिल्ली पब्लिक स्कुल र प्रभात बोर्डिङ स्कुलले प्रतिस्पर्धा गर्नेछन् ।

डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगितामा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोग रहेको छ । फाइनल खेल भाद्र ३१ गते सोमवार बिहान हुनेछ ।