धरान : धरान र धनकुटाबाट चोरी भएको ४ वटा मोटरसाइकल सहित प्रहरीले चोरीमा संलग्न ४ जनालाई आइतबार पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी-३ का २३ वर्षीय सबिन याक्खा, ३४ वर्षीय सन्तकुमार श्रेष्ठ, २४ वर्षीय अमृत याक्खा र धनकुटा–४ का १८ वर्षीय आयुस विश्वकर्मा छन् ।

उनीहरूबाट इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाट धनकुटाको संयुक्त रूपमा प्रहरी टोलीले साँगुरीगढी–३ कमुवा खोलाबाट चोरिएको बरामद गरेको छ । 

बरामद मोटरसाइकलहरूमा को २६ प ८३७३, बा ६७ प २४१७ नम्बरको पल्सर मोटरसाइकल र को २८ प ७४७१, को १७ प ९७१८ नम्बरको स्कुटर छन् ।

पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।