धरान : तेस्रो मेजर श्रवणकुमार मेमोरियल डिपो रनिङ कप बास्केटबलको उपाधि सियोन स्कुलले चुमेको छ । आज सोमवार भएको फाइनल खेलमा सियोन स्कुलले प्रभात इङ्ग्लिस वोड्रिङ्ग स्कुललाई ३३–१७ अङ्कको अन्तरले पराजित गर्दै उपाधि चुमेको हो

प्रतिस्पर्धापूर्ण फाइनल खेलको प्रत्येक क्वाटरमा सियोन र प्रभात स्कुलले ४–२, ७–४, ६–६ र ५–१६ अङ्क जोडेका थिए ।

खेलमा सियोन स्कुलका प्रसङ्ग चौधरीले व्यक्तिगत १० अङ्क जोडेका थिए भने प्रभात स्कुलका लियोन राईले पनि व्यक्तिगत १० अङ्क जोडेका थिए ।

समापन समारोहमा प्रमुख अतिथि कोशी प्रदेश सरकारका सामाजिक विकाश मन्त्री पाचकर्ण राई थिए । अतिथिहरूले विजेता उपविजेता टिमलाई रनिङ कप, मेडल, प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेका थिए । सियोन स्कुलले उपाधि सँगै नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

उपविजेता प्रभात स्कुलले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको मष्ट भ्यालुएवलल प्लेयरको उपाधि र हाइ स्कोरर उपाधि सियोन स्कुलका संयोजक राई घोषित भए । संयोजकले नगद एक हजार, ट्रफि, प्रमाणपत्र प्रदान गरियो ।

उत्कृष्ट खेलाडी संयोजकलाई नगद पुरस्कार र पुस्तक पत्रकार जनकऋषि राई द्वारा व्यक्तिगत रूपमा प्रदान गरेका थिए । यस अघि पनि उनले उत्कृष्ट खेलाडीलाई आफ्नो तर्फ वाट पुरस्कृत गरेका थिए । प्रतियोगिताको राइजिङ्ग प्लेयर प्यारडाइस वोड्रिङ्ग स्कुलका प्रिन्स खत्री घोषित भए । उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

विजेता तथा उपविजेताहरुलाई समापनका सभापति व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्मर बहादुर लिम्बु, कोशी प्रदेश सांसद विजयकुमार राई, डिपो स्कुल गुठी अध्यक्ष भीमराज लिम्बु, सुनसरी बास्केटबलका अध्यक्ष नारायण सुवेदी लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगिता डिपो स्कुलको आयोजना तथा धरान बास्केटबल सङ्घको व्यवस्थापनमा सम्पन्न भएको हो ।प्रतियोगितामा धरान र धरान आसपासका १७ वटा विद्यालय सहभागी थिए ।प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटबल सङ्घको रहेको थियो ।