इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बिहीबार संविधान दिवसको अवसरमा प्रदेशवासीको नाममा दिएको सन्देशका संविधानले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक र समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प लिएको स्मरण गराएका छन् ।

कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको उल्लेख गर्दै सन्देशमा मुलुकलाई सामाजिक न्याय, आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेकोले त्यसै अनुरूप प्रदेश सरकार अघि बढिरहेको उल्लेख छ ।

नेपाली जनताको लामो सङ्घर्ष र बलिदानपछि आजकै दिन ९ वर्षअघि जननिर्वाचित संविधानसभाद्वारा नेपालको संविधान जारी भएको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएपछि अब मुलुकलाई सामाजिक न्याय सहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनुपर्ने दायित्व हाम्रो काँधमा सन्देशमा उल्लेख गरेका छन् ।

CM-subhakamana