धरान : भोजपुर बहुमुखी क्याम्पसले प्रकाशित गरेको सूचनामा भाषिक त्रुटि भएपछि उत्पन्न विवाद मिलाउन क्याम्पसले भाषा सम्पादन समिति गठन गरेको छ ।

क्याम्पस प्रमुख भुलानाथ राईद्वारा आइतबार जारी विज्ञप्तिमा २ सदस्यीय भाषा सम्पादन समिति गठन गर्ने निर्णय गरिएको जनाइएको छ । समितिमा नेपाली भाषाका उपप्राध्यापक बाबुराम ओझा र अङ्ग्रेजीका उपप्राध्यापक प्रकाश राई रहेका छन् ।

आगामी दिनमा क्याम्पसबाट प्रकाशन गरिने सबै आधिकारिक कागजातहरूको भाषिक शुद्धता सुनिश्चित गर्न समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ । क्याम्पसले यसअघि सूचना प्रकाशनमा गल्ती भएको स्वीकार गरेको छ ।

Bhojpur-Campus 1