धरान : घरअगाडि उभिएको अवस्थामा दमकबाट घर बनाउन मिक्लाजुङ गाउँपालिका गएका एक मिस्त्रीको मङ्गलवार राती चट्याङ लागेर मृत्यु भएको छ ।

मोरङको मिक्लाजुङ-३ मा घर बनाउन गएका मिस्त्री झापा दमक-४ का ३६ वर्षीय कुमार मोते घर बाहिर उभिएको अवस्थामा चट्याङले लागी घाइते भएका थिए ।

उनलाई उपचारको लागि दमक अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउँदा बाटैमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोही दिन दिउँसो रङ्गेली-९ का लुखीराम हेमरमको श्रीमती २७ वर्षीय साक्रो हेमरमको खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको छ ।