धरान : दसैँ नजिकिए सँगै नेपाल-भारत सीमा क्षेत्रमा चाडपर्वमा खपत हुने सामग्री भन्सार छलेर पैठारी गर्ने धन्धा बढेको छ ।
मोरङको सुनवर्सी नगरपालिका-५ बाट बुधवार प्रहरीले २ ठाउँबाट भन्सार छलेर पैठारी गरिएको सामाग्री पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको सामानहरू प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय य रंगेलीको गस्ती टोलीले चेकजाँच गर्दा भन्सार छली सामान ल्याएको पाएपछि का २ त ६४४२ नम्बरको ट्रयाक्टर सहित चालकलाई नियन्त्रणमा लिएको छ ।
ट्याक्टरमा भन्सार छलेका ३४० पिस मार्वल र ६४० किलोग्राम सनपाट बरामद गरिएको छ । अवैध सामान ढुवानी गरेर ल्याउने ट्याक्टर सहित चालक रङ्गेली-६ का राम नारायण सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।
यसै गरी प्रहरीको गस्ती टोलीले धनपालथान गाउँपालिका–३ बेतौनामा भारतबाट भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरेको करिब १ लाख ७५ हजार ६ सय रुपैंया बरावरको विभिन्न किसिमका कस्मेटिक सामानहरू बरामद गरेको छ ।
बरामद गरिएका उक्त सामग्रीहरूलाई आवश्यक कारबाहीको लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।