इटहरी : विराटनगरबाट उदयपुरको गाईघाटका लागि छुटेको यात्रुवाहक बस कोशी ब्यारेजमा खसेको छ । शुक्रवार साँझ ६ बजेको समयमा खसेको बसबाट २० जनाको उद्धार भएको हो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपिन रेग्मीले उद्धार भएका यात्रुलाई विभिन्न अस्पतालमा उपचारको लागि लगिएको बताए । अन्य यात्रुको खोजी कार्य जारी रहेको उनको भनाइ छ ।

बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको बताइएको छ । घटना बारे विस्तृत अध्ययन भइरहेको एसपी रेग्मीले जानकारी दिए ।

bus-accidentkoshi-bus-acident