झापा : झापाको अर्जुनधारामा फलामको गेटले किच्दा एक बालकको मृत्यु भएको छ ।
अर्जुनधारा-६ स्थित मामा घरमा पाहुना आएका सवनम मास्कराका २ वर्षीय छोरा शिवयम मस्करालाई घरको गेटले किचेको थियो ।
आमा श्रेया अग्रवालका साथमा मामा ऋषि अग्रवालको घर आएका बालकलाई खेल्ने क्रममा घरको गेटले किचेर गम्भीर घाइते भएका थिए ।
गम्भीर अवस्थाका उनलाई तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाका सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।