धरान : झापाको बिर्तामोडमा बिहीबार गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका पैदल यात्रीको अस्पतालमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
भारत घर भई बिर्तामोड-३ मा बस्दै आएका ६५ वर्षीय आसारुलाल पानवारीलाई बाटोमा हिँडिरहेका बेला बिर्ता बजारमा मे १ च ५९३० नम्बरको गाडीले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका पानवारीलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा पुर्‍याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
चालक कन्काई नगरपालिका-८ का ४६ वर्षीय मान बहादुर भुजेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।