धरान : खोटाङ जिल्लाको सदरमुकाम दिक्तेल रुपाकोट मझुवाढी-४ स्थित सडकमा बिहीबार टाटा सुमो जीप अनियन्त्रित भई सडकबाट खस्दा १ बालकको मृत्यु भएको छ ।
मृत्यु भएकामा गाडीमा सवार स्थानीय दीपक बस्नेतको ८ वर्षीय छोरा हेमन्त बस्नेत रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार ना १ ज ५७४३ नम्बरको सुमो गाडी अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा दुवै जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पताल लैजाँदा हेमन्तको बाटैमा मृत्यु भएको हो । चालक स्थानीय गोविन्द कटुवाललाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरी रहेको छ ।