झापा : झापाको कमल गाउँपालिका-५ स्थित रबी पेट्राेलपम्प अगाडि सवारी दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु भएको छ ।

आज दिउँसो करिब पौने १ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ३४३५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका ७ का पदम मुकारुङ राईको घटनास्थलमै मृत्यु भएको छ ।

घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् । घटनापछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ भने मृतकको शव सडकमै राखेर स्थानीयले विरोध जनाइरहेका छन् ।

jhapa-bus-Accident-2