धरान : प्रहरीले मोरङको उर्लाबारी-६ का ३० वर्षीय प्रकाश बिक र ५१ वर्षीय काजीमान सार्कीलाई प्रतिबन्धित लागुऔषधी सहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोलीले उनीहरूबाट ट्रामाडोल र स्पासपेन २ हजार १०  क्याप्सुल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यसैगरी उदयपुर त्रियुगा-१२ का २० वर्षीय रुपन लिम्बु, २८ वर्षीय असिम राई, ३६ वर्षीय सञ्जीव थापा र त्रियुगा-१३ का ३५ वर्षीय मलिन थापालाई प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनीहरूबाट स्पास्मो ५० क्याप्सुल र १५० ग्राम गाँजा बरामद भएको छ ।