धरान : वडा प्रहरी कार्यालय धरानको प्रहरी टोलीले आइतबार राती धरान-१५ बाट एक युवती सहित ६ युवालाई लागु औषध सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा २० बर्षीया स्मृति राई, २२ वर्षीय गौरव चौहान, १८ वर्षीय सुजल सुन्दास, २२ वर्षीय युगल राई, धरान-१७ का १९ वर्षीय विशेष राई र खोटाङ घर भई धनकुटा बस्दै आएकी २४ वर्षीय निरु राई रहेको प्रहरीले जानकारी दिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूबाट नियन्त्रित औषधी ट्रामाडोल ९ सय ५० क्याप्सुल, स्पास्पेन १ हजार ३५० चक्की र डिकोलिक ७० चक्की बरामद भएको छ ।