धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिका ४ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरिएको छ ।

स्थानीय स्वास्थ्य चौकीका प्रमुख राजकुमार थापा र मिना अधिकारीले उक्त स्विटर वितरण गरेका हुन् । थापा चानुवा स्वास्थ्य चौकीका प्रमुख हुन् भने अधिकारी नर्सिङ स्टाफ हुन् ।

आफ्नो जन्मोत्सवको अवसर पारेर विद्यालयका शिशुदेखि कक्षा पाँचसम्मका ९० जना विद्यार्थीलाई एक एक थान स्विटर प्रदान गरिएको थापाले जानकारी दिए ।

थापाका अनुसार आफ्ना दुई छोराछोरी पनि सोही विद्यालयमा पढ्छन् । तर, जाडो बढसँगै सबै विद्यार्थीले न्यानो कपडा नलगाएको पाइएपछि स्विटर सहयोग गरिएको हो । विद्यालयका प्रधानाध्यापक, शिक्षक एवम् समाजसेवीहरूको उपस्थितिमा थापा दम्पतीले उक्त सहयोग गरेका हुन् ।

‘हामीले यो साना सहयोग मात्रै गरेका हौँ ।’ थापाले भने ‘कुनै उत्सवमा फजुल खर्च गर्नुभन्दा आउने दिनमा यस्तै कार्यमा सहयोग गरौँ भन्ने सोचले स्विटर वितरण गरिएको हो ।’

Chanuwa-student-2