इटहरी : इटहरीको जनता माध्यमिक विद्यालयकी छात्रा सम्झना यादवको बसको ठक्करले मृत्यु भएको छ । कोशी राजमार्ग अन्तरगत खनारमा प्रदेश १-०१-००१ ख ४५७४ नम्बरको नागरिक यातायातले ठक्कर दिएपछि कक्षा-९ मा अध्ययनरत यादवको मृत्यु भएको हो ।
ठक्कर दिएर भाग्न खोजेको बसलाइ स्थानीयले खनार चौकमा नियन्त्रण लिएर आगजनी गरेका छन् । स्थिति तनावग्रस्त बन्दै गएपछि नियन्त्रण लिन खोज्दा एक प्रहरी घाइते भएका छन् । साँझ साढे ४ बजे भएको सो घटना पछि खनार चौकको अवस्था तनावग्रस्त बनेको छ ।
बस चालक लाई इलाका प्रहरी इटहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दमकल लगायत अन्य सवारीसाधनमा पनि क्षति पुगेको छ ।