धरान : प्रहरीले इटहरी-२ का ४० वर्षीय अमित गुरुङ र ४० वर्षीय हुकुम राईलाई १ ग्राम ६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित विराटनगरमा मङ्गलवार पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई प्रदेश १-०१-०१३ प ७६१५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा ब्राउनसुगर फेला परेपछि पक्राउ परेका हुन ।
यसैगरी कोशी गाउँपालिका-१ छोटी भन्सार कार्यालय अगाडीबाट भोक्राहा नरसिंह-२ का १९ वर्षीय साजन सदालाई १ ग्राम ९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित मङ्गलवार पक्राउ गरेको छ ।
यसैगरी वराहक्षेत्र-९ का २२ वर्षीय शिव चन्द्रवंशी र २० वर्षीय अभिशेक चन्द्रवंशीलाई २ ग्राम लागुऔषध ब्राउनसुगर पक्राउ गरेको छ ।
वराहक्षेत्र-२ का ३३ वर्षीय पवन राईलाई लागुऔषध सहित इलाका प्रहरी कार्यालय चतराले पक्राउ गरेको छ । राईबाट प्रहरीले ट्रामोल २६ क्याप्सुल बरामद गरेको छ ।
यसैगरी भारतबाट नेपाल आउँदै गरेको को १४ प १९१७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका भोक्राहा नरसिंह–५ का १९ वर्षीय नजाम मन्सुरीलाई ८३ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।
ब्राउनसुगर र लागुऔषध सहित पक्राउ परेकाहरूलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।