झापा : झापाको गौरादह ३ स्थित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको निवास अगाडी रहेको शङ्कास्पद बस्तु डिस्पोज गरिएको छ ।
नेपाली सेनाको अरिदमन गढ चारआलीबाट गएको बम डिस्पोजल टोलीले उक्त शङ्कास्पद बस्तु डिस्पोज गरेको हो ।
उक्त बस्तु बम नभएको र कसैले आतङ्कित पार्न राखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडी सिरिसको रुखमुनि आज बिहान करिब ११ बजे फेला परेको थियो । उक्त कागजमा दुर्गा माताकी जय लेखिएको थियो । उक्त बस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।