झापा : झापाको गौरादह-३ स्थित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको निवास अगाडी शङ्कास्पद बस्तु फेला परेको छ ।

कागजमा पोको पारेर तार जोडिएको जस्तो देखिने बस्तु कार्कीको घर अगाडी सिरिसको रुखमुनी फेला परेको हो ।

उक्त कागजमा दुर्गा माताकी जय लेखिएको छ । हाल उक्त बस्तुलाई डिस्पोज गर्न झापाको चारआलीस्थित अरिदमन गणबाट नेपाली सेनाको डिस्पोजल टोली त्यस तर्फ लागिसकेको बताइएको छ ।

उक्त बस्तु कसले किन राख्यो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

Bumb CM home 1