इटहरी : रोटर्याक्टर सचिन कुमार श्रेष्ठको सम्झनामा रोटरी र रोटर्याक्ट क्लबले ब्लड डोनेसन कार्यक्रम गरेका छन् । २०५९ चैत २७ गते ब्लड अभावमा मृत्यु भएका रोटर्याक्ट क्लब अफ दमौलीका सहसचिव श्रेष्ठको सम्झनामा हरेक वर्ष रक्तदान कार्यक्रम हुने गरेको हो ।
शनिवार इटहरी उपमहानगरपालिका अगाडि सम्पन्न रक्तदान कार्यक्रम ३५ प्रिन्ट ब्लड सङ्कलन भएको छ ।
रोटरी क्लब अफ इटहरी, रोटरी क्लब अफ इटहरी युगल, रोटर्याक्ट क्लब अफ सुनसरी र रोटर्याक्ट क्लब अफ इटहरीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । श्रेष्ठको सम्झनामा २०७० साल देखि निरन्तर रक्तदान हुँदै आएको छ ।