इटहरी : नेपाली काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाले १५औँ महाधिवेशनमा डाक्टर शेखर कोइरालालाई सभापति बनाउने बताएका छन् ।
मोरङको विराटनगरमा आयोजित पालिका सभापतिको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अब पार्टी र देशको लागी कोइरालाको नेतृत्व आवश्यकता रहेको बताए ।
केन्द्र, प्रदेश र जिल्ला समितिले गर्न नसकेको पालिका सभापतिको भेला ऐतिहासिक भएको थापाको भनाइ छ । कार्यक्रमको प्रमुख अतिथि रहेका डाक्टर कोइरालाले कार्यकर्तालाई विराटनगरमा नै भेट्नुपर्ने थापाले सल्लाह दिए ।
विराटनगर महानगर समितिको संयोजनमा मोरङका १७ पालिका समितिको आयोजनामा भेला गरिएको हो । केन्द्रीय कार्यालयबाट पार्टीको आधिकारिक कार्यक्रम नभएको पत्र आएपछि आयोजक तथा उपस्थित अतिथिहरूले आक्रोश व्यक्त गरेका छन् ।