धरान : नेकपा माओवादीको धरान–३ वडा अधिवेशनको बिच शनिवार एकाले र काँग्रेस पार्टी त्यागेर २५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

आज सम्पन्न चौथो वडा अधिवेशनले पार्टीको धरान-३ को अध्यक्षमा अरविन्द श्रेष्ठ चयन भएका छन् । सर्वसम्मत चयन भएको २२ सदस्यीय वडा कार्यसमितिमा उपाध्यक्ष सङ्गीता शाही, सचिव निमा रिदर भोटे, सहसचिव गोविन्द श्रेष्ठ, कोषाध्यक्ष लिजा घिमिरे चयन भएका छन् ।

सदस्यहरूमा राज कुमार श्रेष्ठ, ईश्वर खड्गी, करुणा शेर्पा, अनिल शेर्पा , तारा योञ्जन तामाङ, विनोद खड्गी ,कमल श्रेष्ठ लगायत सर्वसम्मत चयन भए ।

अधिवेशनकै अवसरमा पार्टी प्रवेश गर्नेहरूलाई स्वागत गरिएको थियो ।

नव प्रवेशीहरुमा एमालेबाट नेपाल खड्गी समाजकी कोषाध्यक्ष सङ्गीता शाही, नेपाली काङ्ग्रेसका क्रियाशील सदस्य अमित खड्गी, विक्रम शाही, कला भुजेल, सरोज मगर, विकास खड्गी, उज्ज्वल खड्गी, सुजन शाही, भूपेन्द्र शाही , राजेश खड्गी, रिवाज खड्गी, दिपा खड्गी, सान्ती गुरुङ लिम्बू, मन्दिप खड्गी, विजय शाही, गोविन्द श्रेष्ठ,सरिता बानियाँ ,सरिता बानियाँ सुरज चौधरी,सरि दिपा मगर,सान्ता मगर, रिना राई,मनजीत लिम्बु ,गीता न्यौपाने छन् ।

उनीहरूलाई माओवादीका कोशी प्रदेश सचिवालय सदस्य, धरानका उपमेयर अईन्द्र विक्रम बेघा, नगर इन्चार्ज चोत्लुङले पार्टी प्रवेश गराएका थिए ।

अधिवेशनमा जिल्ला समन्वय सदस्य उषा सुब्बा, नगर उपाध्यक्ष सर्वजित राई, नगर सदस्य मिङमा भोटेको उपस्थिति थियो ।