वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ६ स्थित चक्रघट्टीमा सञ्चार ग्राम (भवन) को शिलान्यास गरिएको छ । बिहीबार बिहान शुभ साइतमा नगर प्रमुख रमेश कार्कीले भवनको शिलान्यास गरेका हुन् ।
ग्रामीण पत्रकार समूह वराहक्षेत्रको मातहतमा निर्माण हुने भवन निर्माणका लागि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ५ लाख बजेट विनियोजन समेत गरेको ग्रामीण पत्रकार समूह वराहक्षेत्र अध्यक्ष हिरण्य कुमार कार्कीले बताए ।
वराहक्षेत्र नगरपालिकामा रहेका पत्रकारहरूको छाता संस्थाको रूपमा क्रियाशील रहरको ग्रामीण पत्रकार समूह वराहक्षेत्र स्थापित भएको र भवन निर्माणले यहाँका पत्रकारहरूलाई सहज, सुविधा हुने अध्यक्ष कार्कीले बताए । सभा, सम्मेलन, बैठक जस्ता कार्यका लागि भवन निर्माणको योजना बनाइएको उनले बताए ।
वराहक्षेत्र नगरपालिकामा रहेका पत्रकारहरूको क्षमता विकास लगायतका कार्यमा नगरपालिकाले काम गर्दै आएको नगर प्रमुख रमेश कार्कीले बताए । पत्रकारहरूको संस्थागत विकास, सम्मान, पुरस्कार लगायतका कार्यमा नगरपालिकाले काम गर्दै आएको नगर प्रमुख कार्कीको भनाई रहेको थियो ।
भवन शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल, वडा ७ का अध्यक्ष कपिल आचार्य, वडा नं. ८ अध्यक्ष रोशन खड्का, वडा नं ६ का सदस्य भोगेन्द्र डांगी, नगरपालिकाका प्रेस संयोजक संगम बिष्ट, ग्रामीण पत्रकार समूह वराहक्षेत्र अध्यक्ष हिरण्य कुमार कार्की, नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्ट, महिला सरोकार समाजकी अध्यक्ष कमला थापा, ग्रामीण पत्रकार समूह वराहक्षेत्रका पदाधिकारी तथा सल्लाकारहरू लगायत महानुभाहरुको उपस्थिति रहेको थियो ।