धरान : अधिकारी वंश प्रतिष्ठान धरानका अध्यक्षमा डा. कृष्ण गोपाल अधिकारी चयन भएका छन् । शनिवार धरानमा भएको दोस्रो नगर अधिवेशन बन्धु भेलाले उनको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा रेवत अधिकारी, सचिवमा नारायण अधिकारी, सह-सचिवमा दामोदर अधिकारी र कोषाध्यक्षमा अङ्गुर अधिकारी चयन भएका छन् ।

सदस्यहरूमा बोधराज अधिकारी, वन्दना अधिकारी, पूर्णप्रसाद अधिकारी, तारा अधिकारी, निशान अधिकारी भवि, इन्दिरा अधिकारी, अनोज अधिकारी, तोतराज अधिकारी, चूडामणि अधिकारी र इन्दिरा अधिकारी चयन भएको प्रतिष्ठानका सचिव नारायण अधिकारीले जानकारी दिए ।

भेलामा प्रतिष्ठानका केन्द्रीय सल्लाहका प्रदीप अधिकारी, जिल्ला उपाध्यक्ष रवीन्द्र अधिकारी, सचिव रमेश अधिकारी, इटहरी नगर अध्यक्ष पुष्प अधिकारी, पूर्व अध्यक्ष विवेक अधिकारी, उद्धव प्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।