इटहरी : इटहरी उपमहानगरले आफ्नो मातहतका सरकारी विद्यालयहरूलाई अत्याधुनिक डेक्स बेन्च हस्तान्तरण गरेको छ । इटहरीको ३६ वटा सामुदायिक विद्यालयलाई ३ हजार ८ सय ६० थान डेक्स बेन्च वितरण गरिएको हो ।

विद्यालयहरूमा विद्यार्थी बढाउने उद्देश्यले शिक्षा सुधार कार्यक्रम अन्तरगत डेक्स बेन्च वितरण गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । थोत्रा डेक्स बेन्चमा बसेर पढ्ने विद्यार्थीका लागि आधुनिक डेक्स बेन्च दिएका छौ मेयर पौडेलले भने । विद्यार्थीलाई पठन–पाठनलाई सहज होस भनेर दिएका हौ ।

इटहरीको राष्ट्रिय माविमा एक कार्यक्रम गरी विद्यालयका प्रध्यानध्यापकहरुलाई डेक्स बेन्च हस्तान्तरण गरिएको हो । विद्यालयका विद्यार्थी पुरानो डेक्स बेन्चमा बस्दा लुगा च्यातिने, शरीरमा घाउ हुने गरेको भन्दै यो डेक्स बेन्चले धेरै राम्रो हुने छ विद्यालयका प्रअ सरणकुमार बस्नेतले भने ।

उपमहानगरले दिएको डेक्स बेन्चमा किताब राख्ने सुविधा समेत छ । साथै बलियो र हेर्दा पनि आकर्षक देखिन्छ । स्कुलहरूमा थप सुविधा समेत दिँदै जाने उपमहानगरले जनाएको छ । सबै स्कुलहरूमा डेक्स बेन्चहरू पुर्‍याई सकेको उपमहानगरले जनाएको छ। सामुदायिक स्कुलहरूमा केही दिन अघि मात्र विद्यालय नर्स पठाइसकेको छ ।

school-desk-bench