वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले हाट बजार लगायतका क्षेत्रमा भारत लगायत छिमेकी देशहरूबाट आयात गरी ल्याएका मरेका अस्वस्थकर माछा बिक्री गर्न पूर्ण रूपमा रोक लगाएको छ ।

बजारमा उपभोक्ताहरूको अधिकार र स्वास्थ्यमा असर पार्ने किसिमका माछा, परीक्षण नगरी ल्याएका अस्वस्थकर माछा, छिमेकी मुलुकबाट अवैध रूपमा ल्याएका माछाहरू बिक्री वितरण गरेको जनगुनासो आएसँगै कार्यपालिकाको निर्णयबाट त्यस्ता किसिमका माछाहरूलाई बिक्री गर्न पूर्ण रूपमा निषेध गरेको नगर प्रमुख रमेश कार्कीले बताए ।

नगरपालिकाले यस्ता किसिमका परेका अस्वस्थकर माछा बिक्री नगर्न सार्वजनिक सूचना नै जारी गरेको छ ।

नगरपालिकाले मरेका र अस्वस्थकर माछा बिक्रीमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको र अस्वस्थकर माछाहरू बिक्री वितरण गरेको पाइएमा व्यापारीको सम्पूर्ण सामाग्रीहरू (तराजु, फ्रिज, ढुवानीका समान सहित) जफत गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम दण्ड जरिवाना गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।

Baraha Notice fish