झापा : मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

प्रसाईँका छोरा नीराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।

न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

प्रसाईँका छोरा नीराजनले आफ्ना बाबुलाई गैर कानुनी रूपमा थुनामा राखिएको भन्दै मङ्गलवार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।