धरान : नयोङहाङ समाज नेपालको दोस्रो अधिवेशनको अवसरमा शनिवार नयोङहाङहरुको वंशावली दोस्रो संस्करण प्रमुख अतिथि पूर्व मुख्यमन्त्री राजेन्द्र राईले विमोचन गरेका छन् । अधिवेशनले समाजको केन्द्रीय अध्यक्षमा योगेन्द्र कुमार नयोङहाङलाई चयन गरेको छ ।

नयोङहाङहरुको वंशावली प्रथम संस्करण २०६७ मा प्रकाशित भएको थियो । पछिल्ला १४ वर्षको अवधिमा भएका वंश वृद्धि तथा छुटेका वंश सदस्यहरू समेटेर दोस्रो परिमार्जित संस्करण २०८१ प्रकाशित गरिएको समाजद्वारा बुधवार जारी विज्ञप्तिमा जनाइएको छ ।

अधिवेशनद्वारा पुनर्गठित नयाँ कार्यसमितिमा उपाध्यक्षहरू प्रथम गोपाल नयोङहाङ, दोस्रो टङ्क बहादुर नयोङहाङ, तेस्रो भीमतारा नयोङहाङ तेङबुङ, चौथो रणशेर नयोङहाङ, पाँचौँ राजु नयोङहाङ, छैटौँ यस कुमार नयोङहाङ छन् ।

महासचिव प्रदीपकुमार नयोङहाङ, सचिवहरू डम्बरबहादुर नयोङहाङ यात्री, राम प्रसाद नयोङहाङ, वर्षा सम्बाहाम्फे नयोङहाङ, नरेन्द्र नयोङहाङ छन् । कोषाध्यक्षमा नयनबहादुर नयोङहाङ छन् ।

सदस्यहरू प्रेमबहादुर, योगबहादुर, राजेश, पदमजङ्ग, सुरेश, रामप्रसाद, जङ्गबहादुर, अनुषा नुमा, रामकुमार, योकराज, अनिल र सपना नयोङहाङ छन् ।

अधिवेशनमा धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, सुनसरी, झापा, मोरङ, इलाम, काठमाडौँ र भारत लगायतबाट १४७ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए ।

कार्यसमिति निर्वाचन मण्डलमा संयोजक डम्बरसिंह नयोङहाङ, सदस्य सचिव कमलकुमारी वनेम असली र सदस्य केवल नयोङहाङ थिए ।