इटहरी : कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री  रेवतीरमण भण्डारीलाई तरहरा ब्याडमिन्टन क्लबले सम्मान गरेको छ । तरहरामा आज मन्त्री भण्डारीलाई सम्मान गरेको हो ।

ब्याडमिन्टन खेलाडी समेत रहेका मन्त्री भण्डारीलाई स्वागत सम्मान गरेको हो । सम्मान  कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै विकासको काममा पनि निरन्तर लागि पर्ने बताए । आफू दैनिक ब्याडमिन्टन खेल्दै आएको बताउँदै मन्त्री भण्डारीले खेल क्षेत्रको विकासमा समेत ध्यान दिने बताए ।

सम्मान कार्यक्रममा तरहरा ब्याडमिन्टन क्लबका अध्यक्ष मेमकुमार राईले स्थानीयको लगानीमा बनेको ब्याडमिन्टन क्लबमा करिब ७० जना खेलाडी दैनिक उपस्थित हुने बताए ।

इटहरी वडा नं. २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले खेलले मानिसमा सकारात्मक ऊर्जा दिने बताए। खेलमा इटहरीका सामाजिक अगुवा तथा इन्जिनियर भविन खड्का लगायतको उपस्थित थियो भने मन्त्रीले ब्याडमिन्टन खेल समेत खेलेका थिए ।