धरान : झापाको मेचीनगर-६ स्थित ४१ वर्षीय रुपेश मगरको घरमा प्रहरीले शनिवार साँझ छापा मारेर ३२ वर्षीय डिकबहादुर मगर समेत २ जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरी टोलीले मगरको घरबाट ब्राउनसुगर बेचविखन भई रहको सूचना प्राप्त भएको आधारमा छापा मारेको थियो । उनीहरूको साथबाट प्रहरीले २ ग्राम ब्राउनसुगर फेला पारेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार दमक-२ का २४ वर्षीय रोदन लिम्बुलाई १ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।
यसैगरी दमक-७ का २० वर्षीय नवीन ठटाल भन्ने पदम बहादुर दर्जीलाई १०१ मिलिग्राम ब्राउनसुगर र प्रतिबन्धित औषधी ट्रामाडोल ८३ क्याप्सुल र स्पासपेन२८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले बुद्ध शान्ति–३ का ६० वर्षीय श्याम धिमाल र उनका २९ बर्षीया छोरी दुर्गा धिमाललाई ४ केजी गाँजा र नेपाली नगद ३ लाख ९६४६ रुपैयाँ सहित पक्राउ गरेको छ ।
सुनसरीको देवानगंज–७ भित्री सडकमा भारतीय नम्बर बीआर ८० एबी ७४३८ को मोटरसाइकलमा गाँजा सहित चालक देवानगंज-२ का २४ वर्षीय अवास अन्सारी र पछाडि बस्ने २६ वर्षीय रिजुवान अन्सारीलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय हरिनगराको प्रहरी टोलीले उनीहरूबाट ३८ केजी ५२० ग्राम गाँजा बरामद गरेको छ ।