सुनसरी : राष्ट्रिय उच्च मावि क्रिकेट च्याम्पियनसिपको कोशी प्रदेश छनोटमा झापाको आस्था कलेज च्याम्पियन बनेको छ । इटहरीस्थित जनता क्रिकेट मैदानमा मंगलबार सम्पन्न प्रतियोगितामा इटहरीकै सुष्मा गोदावरी कलेजलाई सात विकेटले पराजित गर्दै दमकको आस्था कलेज च्याम्पियन बनेको हो।
मंगलबार भएको फाइनलमा सुष्माले दिएको ६३ रनको विजयी लक्ष्य पछ्याएको आस्थाले ५ दशमलव ४ बलमा ३ विकेट गुमाउँदै पुरा गर्यो । आस्थाको लागि भूपाल दंगालले सर्वाधिक ३२ र सौजन घिमिरेले १४ रन बनाए ।
सुष्माका नजिर आलमले २ विकेट लिए । त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सुष्माले निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ६२ रन मात्र बनाउन सक्यो ।
सुष्माको लागि नजिरले सर्वाधिक २० र अन्जुल मेहेताले १६ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो रन जोड्न सकेनन् । आस्थाका सौजनले ३ विकेट लिए । उनी म्यान अफ द फाइनल घोषित भए । उपाधिसँगै आस्थाले ५० हजार रुपैयाँ समेत पाएको छ ।
दुई दिनसम्म चलेको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाबाट छनौट भएर आएका ६ वटा कलेजहरूको सहभागिता रहेको थियो । प्रादेशिक विजेता आस्था कलेजले काठमाडौँमा आगामी माघ २३ गते देखी हुने राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ ।
हाइपयेती इभेन्ट्स र ई–प्लानेट एजुकेशन कन्सल्टेन्सीको संयुक्त आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा सात वटै प्रदेशबाट छानिएका टोलीहरू र आयोजक गरी ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका खेलहरू टि–टेन फम्र्याटमा हुनेछ ।