इटहरी : कोशी प्रदेश सभाको छैटौँ अधिवेशन आज (सोमबार) सुरु हुँदै छ । अधिवेशनमा प्रदेश प्रमुखको पत्र सभामुखले वाचन गरेर सुनाएपछि बैठक सुरु हुने भएको  हो ।

गत असोज ४ गते अन्त्य भएको अधिवेशन चार महिनापछि सुरु हुदैछ । नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएपछिको अधिवेशनलाई रोचक रूपमा हेरिएको छ ।

प्रतिपक्षमा रहेको माओवादी केन्द्र लगायत दलहरूले सरकारको खबरदारीलाई जोड दिने रणनीति बनाएका छन् ।

सोमबारको बैठकमा प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ पेस हुने बताइएको छ भने सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस हुनेछ ।

मुख्य न्यायाधीवक्ताको काम, कर्तव्य, अधिकार र सेवाको सर्त सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेवल हुने कार्यसूची तय भएको छ ।