धरान : अङ्ग्रेजी वर्ष २०२५ का लागि निर्वाचित धरान जेसीजको अध्यक्षमा विदुर थापा पदस्थापन भएका छन् ।

शनिवार भएको पदस्थापन कार्यक्रममा २०२४ की अध्यक्ष आयुष्मा शाक्यले अध्यक्ष थापालाई पदस्थापन गराएकी हुन । जुनियर जेसीज २०२४ की अध्यक्षले प्रेसिका निरौलाले नवनिर्वाचित अध्यक्ष प्रदोस अधिकारीलाई पद हस्तान्तरण गरिन् ।

अध्यक्ष थापाले २०२५ मा धरान जेसीजको स्वर्ण जयन्ती मनाउँदै सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै स्वर्ण जयन्ती स्तम्भ, जेसीज चौतारी निर्माण गरिने बताए ।

नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष गणेश सापकोटाले स्वर्ण जयन्तीको लोगो अनावरण गरे । उपाध्यक्ष सुमित्रा भट्टराईले एक्सन स्मारिका लोकार्पण गरिन् ।

प्रमुख अतिथि कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले जेसीज व्यवस्थापनमा उत्कृष्ट संस्था भएको बताए । उनले जेसीज सहरमुखी भएको देखिएको उल्लेख गर्दै  दुर्गम पहाडी, हिमाली भेगमा पनि युवाहरूको नेतृत्व र व्यक्तित्व विकासको काम गर्न आव्हान गरे ।

निर्वाचित कार्यकारी उपाध्यक्ष तोर्णबहादुर कार्की र राजु फुयल, उपाध्यक्ष सुरक्षारत्न नेपाली, विश्व विकास राई, श्रद्धा जोशी, इजाक खड्काले पनि पदभार ग्रहण गरेका छन् ।

धरान जेसीजको २५ जनाको वर्डमा विधान अनुसार अध्यक्ष थापाले महासचिवमा शुभम शाक्य, कोषाध्यक्षमा राजेन्द्र रिजाल, कानुनी सल्लाहकारमा सागर प्रसाईलाई नियुक्त गरेका छन् ।

सल्लाहकारमा प्रतिक श्रेष्ठ, सचिवमा कापुङ् राई, स्वर्ण जयन्ती संयोजक ऋषिराम भट्टराई, तालिम निर्देशक अनिल श्रेष्ठ, शाखा सम्पादक पुनम कुमारी शाह, सञ्चार संयोजक धनु श्रेष्ठ, पर्यटन प्रवर्द्धन संयोजकमा लोकेन्द्र श्रेष्ठ, प्रकरण निर्देशक राजु श्रेष्ठ नियुक्त भएका छन् ।

साथै सङ्घसंस्था समन्वय संयोजकमा पूजा अग्रवाल, आइटी संयोजकमा शशांक पोख्रेल, खेलकुद तथा स्वास्थ्य संयोजकमा रमेश नरपाल, युवा कार्यक्रम संयोजकमा रिमा थापा मगर, रे एन्ड रे अफिसरमा  समिता श्रेष्ठ, तालिम निर्देशक अनिल श्रेष्ठलाई मनोनयन भएका छन् ।