धरान : येले संवत् ५०८५ नयाँ वर्ष प्रवास हङकङमा रहेका आदिवासी जनजातिहरूले भव्य रूपमा मनाएका छन् ।

किरात राई यायोक्खा हङकङको आयोजनामा माघ ६ गते जनवरी १९ को दिन यलेदोङ ५०८५ नयाँ वर्ष किरात राई यायोख्खा हङकङ २७ औ स्थापना दिवस, २०औँ सामूहिक चुलो स्थापना दिवस र सुप्तुलुङ खिम दिवससँगै मनाइएको हो ।

किरात राई सांस्कृतिक मेला २०२५ को आयोजना सहित हङकङ सानविन किलिचुङ स्थित यायोख्खा भवनमा उत्सव भएको थियो । उत्सवमा हङकङमा स्नातक गरेका तिर्शला राई र जय राईलाई सम्मान गरियो ।

उनीहरूलाई किरात राई यायोख्खा हङकङका अध्यक्ष गजेन्द्र राई र प्रमुख अतिथि ज्येष्ठ नागरिक हितबहादुर राईले फेटा गुथेर सम्मानपत्र प्रदान गरे । विभिन्न भाषिक संस्थाले सांस्कृतिक परिकार र भेषभुषाहरुको स्टल राखेका थिए ।माघ १ माघे येले दोङ नयाँ वर्ष सुरु भएको आधार मानेर वार्षिक सांस्कृतिक महोत्सव हुँदै आएको यायोख्खा अध्यक्ष गजेन्द्र राईले बताए ।

प्रमुख अतिथि हितबहादुर राई, विशेष अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ मकाउ अध्यक्ष भिम राई, किरात याक्थुङ चुम्लुङ हङकङ अध्यक्ष श्यामकुमार इङनाम, सुनुवार सेवा समाज हङकङका प्रतिनिधि देवराज सुनुवार, थुलुङ सामा हङकङका अध्यक्ष रामेलि थुलुङ, संरक्षक हेजेन राई, सल्लाहकार सुवास पुमाले सुभकामाना व्यक्त गरे ।

kirat-new-year

kirat-1