धरान : ताप्लेजुङ स्थित धार्मिक स्थल मुक्कुमलुङ पाथीभरा क्षेत्रमा केवलकारको विवादमा शनिवार साँझ भएको गोली प्रहारको विरोधमा आन्दोलनकारीहरूले पर्सी मङ्गलवार देखी मेची राजमार्ग, तमोर कोरिडोर र तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने सडक नाकाहरूमा यातायात बन्दको घोषणा गरेका छन् ।

मुक्कुमलुङ संरक्षण संयुक्त समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति, किरात याक्थुङ चुम्लुङ सङ्घीय समिति, लिम्बू थरगत संस्था सहजीकरण समूह र किरात धर्म तथा साहित्य उत्थान सङ्घले आज आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै ‘शान्तिपूर्ण प्रदर्शनको लागि भेला भएको समूहमा गोली चलाएकोले अनिश्चितकालिन बन्द आव्हान गर्न बाध्य भएको’ जनाएको हो ।

विज्ञप्तिमा सुरक्षाकर्मीको गोली लागि यामबहादुर लिम्बू, सगुन लावती, धर्मेन्द्र पालुङवा, मङ्गल लावतीको अवस्था गम्भीर रहेको उल्लेख छ । लक्ष्मण लिम्बू र चन्द्रसागर लिम्बूलाई ताप्लेजुङ जिल्ला प्रहरीले हिरासतमा राखेको र कतिपय घाइतेहरू सम्पर्कमा आउन नसकेको विज्ञप्तिमा उल्लेख छ ।

mukkumukung gun fire 1

Mukkumukung gun fire 2