विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज बुधवार सहिद दिवसको सन्देशमा सहिदहरूको बलिदानबाट प्राप्त उपलब्धि र सकारात्मक रूपान्तरणलाई संस्थागत गर्न आपसी सद्भाव, एकता, संवाद र सहकार्यलाई मजबुत बनाउन जोड दिएका छन् ।

सहिदहरूले देखाएको मार्गमा अघि बढ्दै समृद्ध, स्वतन्त्र र न्यायपूर्ण समाज निर्माणका लागि सबै क्षेत्रको सार्थक प्रयत्न र योगदान हुनुपर्ने कुरामा मुख्यमन्त्रीले सन्देशमा जोड दिएका छन् ।

सन्देशमा भनिएको छ ‘कोशी प्रदेश सरकार सहिदहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको योगदानलाई चिरकाल सम्म सम्झनायोग्य बनाउने अभियानमा जुट्न आव्हान गर्दछ ।’

Sahid Diwas Ko Sandesh