धरान : नेवा देय दबूँ कोशी प्रदेशको बिहीबार भएको दोस्रो प्रदेश अधिवेशनले अध्यक्षमा सिताराम श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।

श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कार्यसमिति गठन भएको छ । समितिमा वरिष्ठ उपाध्यक्ष वसन्त कुमार श्रेष्ठ, उपाध्यक्षद्वय ओमप्रकाश श्रेष्ठ, चन्द्रा हलवाई, प्रमुख सचिव शर्मिला श्रेष्ठ, सचिव अम्बर बहादुर श्रेष्ठ, कमला राजभण्डारी, कोषाध्यक्ष खड्ग नारायण श्रेष्ठ चयन भएका छन् ।

सदस्यहरूमा अर्जुन श्रेष्ठ सुनिल, श्याम कुमार श्रेष्ठ, अमृत श्रेष्ठ, कालिदास श्रेष्ठ, गोपाल श्रेष्ठ, नविन किशोर टमोट, भरतकुमार श्रेष्ठ, रविनकुमार श्रेष्ठ, राजेशमान श्रेष्ठ, रामकुमार प्रधान, शिला श्रेष्ठ, शिवराज श्रेष्ठ, शङ्कर कुमार श्रेष्ठ छन् ।